MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

पुस २२ – भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल सजाय सुनाएको छ । राँचीको जेलमा रहेका लालुलाई भिडियो कन्फ्रेरेन्समार्फत सजाय सुनाइएको हो ।

पूर्व मुख्यमन्त्री यादवले पशु दाना खरिदमा घोटाला गरेको भन्दै १५ दिनअघि अदालतले दोषि ठहर गरेपछि प्रहरीले पक्रेर उनलाई राँचीको जेलमा राखेको थियो ।  उनलाई सजाय भने आज सुनाइएको हो ।

यादवले सन् १९९१ देखि १९९४ बीच देवघर राज्यकोषबाट ८५ लाख भारतीय  रुपैयाँ घोटाला गरेको विशेष अदालतको ठहर छ । चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरु १५ जनालाई पनि दोषि ठहर गरिएको छ । दोषि ठहर हुनेमा दुई पूर्व मन्त्री पनि छन् । लालु यादवलाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

उनले सजाय विरुद्ध यो भन्दा माथिल्लो अदालतमा पुनरावेदन भने गर्न सक्ने छन् । यादवका वकिल प्रभातकुमारले उच्च अदालतमा अपिल गर्ने घोषणा गरेका छन् । यादवमाथि सिबिआईको अदालतमा चारा घोटालाकै बारेमा ३ वटा मुद्दा चलिरहेको छ । अर्को एउटा मुद्दाको फैसला पनि केहि दिनभित्रै आउने छ ।

यहि मुद्दामा सन् २०१३ मा पनि सिबिआई अदालतले यादवलाई ५ वर्षको जेल सजाय र २५ लाख भारतीय रुपैयाँ जरिवाना गरेको थियो । तर दुई महिना जेल बसेपछि यादव सर्वोच्च अदालतको आदेशमा धरौटिमा रिहा भएका थिए । यो मुद्दा लागेपछि संसद सदस्यता गुमाएका उनी चुनाव लड्न पनि आयोग्य ठहर भएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया