MENU

राजनीति

ujyaalo forign call inside

​चुनावको खर्च विवरण नै देखाएनन उम्मेदवारले !

रसुवा, पुस २२– स्थानीय तहको चुनावमा भाग लिएका तीन सय ७९ उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ ।

बैशाख ३१ गते भएको चुनावमा भाग लिएका ५ सय १७ उम्मेदवारमध्ये एक सय ४८ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण पेश गरेका छन् । चुनाव सकिएको मितिले ३५ दिनभित्र निर्वाचन अवधिमा भएको खर्च विवरण पेश गर्नुपर्ने भए पनि उम्मेदवार निर्वाचन कार्यालयको सम्पर्कमा नै नआएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय चुनावमा भाग लिएका उम्मेदवारले न्यूनतम एक हजार देखि ३ लाख ५० हजारसम्म खर्च भएको विवरण पेश गरेका कार्यालयले जनाएको छ । 
जिल्ला निर्वाचन अधिकारी नबिन खालिङका अनुसार मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिएका  २३ जना उम्मेदवारमध्ये अहिलेसम्म १२ जनाले मात्र खर्च विवरण कार्यालयमा बुझाएका छन् ।

पेश भएको खर्च विवरणमा न्यूनतम ७१ हजारदेखि २४ लाख ६९ हजार पाँच सय रुपैयाँसम्म खर्च भएको देखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया