MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने

पुस २२– उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने ओलम्पिकमा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तराष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले शनिबार चिनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् । चाङ त्यसबारे कुराकानी गर्न स्वीजरल्याण्ड जाने बताइएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन उत्तर कोरियाका नेता किम जोनले प्योङच्याङमा हुने ओलम्पिकमा आफ्नो देशका प्रतिनिधि पठाउने र खेल महत्वपूर्ण हुने बताएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको त्यस्तो प्रतिक्रियापछि  सयुक्त बैठक गर्ने प्रस्ताव गरेका थिए । चिनमा गएको डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको हो । उक्त बैठकमा दुवै देशका प्रतिनिधिले सन् २०१८ मा हुने खेलकुदमा सहभागी हुने जनाएका थिए ।

गएको हप्ता उत्तर कोरियाले आउने जनावरी ९ मा हुने बैठकमा भाग लिने जनाएको थियो । उक्त बैठकबाट दक्षिण कोरियामा ९ जनवरी देखि २५ फेब्रुअरीसम्म हुने खेलमा उत्तर कोरियाका खेलकुद टोलीले भाग लिने वातावराणको खोजी गरिने जनाइएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच यस्तो बैठक गएको २ वर्षभन्दा पछि भएको छैन् । बैठकमा कसले भाग लिँदैछन भन्ने कुनै टुङ्गो नलागेको अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाका अधिकारीको अनुसार त्यस्तो बैठकको प्राथमिकतामा आगामी खेलमा उत्तर कोरियाका खेलाडिको सहभागीका मुख्य छलफलको विषय बन्ने छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया