MENU

बातावरण-कृषि

काठमाडौंको प्रदूषण अझै बढ्छ : मौसमविद्

काठमाडौं, पुस २३ – काठमाडौं उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदूषण अझै बढ्ने मौसमविद्ले बताएका छन् । अबको एक हप्तासम्म पानी पर्ने संभावना निकै कम भएकाले सडक विस्तार भैरहेको तथा औद्योगिक क्षेत्र आसपास प्रदूषण अझै बढ्ने मौसमविद्ले वरुण पौडेलले बताउनुभयो । 

उहाँका अनुसार गर्मी महिनामा दिउँसो चल्ने हावा हुन्डरीले धुँवा र धुलो उडाएर लाने भएपनि अहिले पानी नपर्दा र हावा नचल्दा प्रदूषण बढ्दै गएको हो । अहिलेको अवस्था हेर्दा अझै प्रदूषण बढ्ने देखिएको छ । यस्तै पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । 

काठमाडौंको आइतबार बिहानको तापक्रम यो यस वर्ष कै कम शून्य डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम अर्थात माइनस ३ दशमलव ५ डिग्रीमा झरेको थियो । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जीरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया