MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

आफ्नो लक्ष्य प्राप्तिका लागि चीन सरकारले लियो यस्तो नीति

पुस २३ – फरक प्रतिभाको पहिचान गरी उनीहरुबाट काम लिनको  लागि चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ । त्यसका लागि उसले प्रतिभावान विदेशीलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको बीबीसीले जनाएको छ ।

चीन

चिनियाँ सञ्चारमाध्यमका अनुसार मल्टी (एण्ट्री भीसा अर्थात पटक/पटक प्रवेश पाउने) भीसा पाँचदेखि १० वर्षसम्मका लागि हुनेछ । प्रविधि क्षेत्रका विज्ञ, उद्यमी तथा वैज्ञानिकले त्यस्तो प्रवेशाज्ञा पाउन योग्य हुनेछन ।

चीनले आफ्ना आर्थिक तथा सामाजिक विकासका लागि लक्ष्य तय गरिसकेको छ । त्यसको प्राप्तिमा सघाउनका लागि उ विदेशी विज्ञलाई नियुक्त गर्न चाहन्छ बीबीसीले भनेको छ ।

प्रवेशाज्ञा लिन अनलाइनबाट आवेदन दिन सकिने जसका लागि शुल्क तिर्नु नपर्ने र प्रक्रिया पनि छिट्टै अघि बढनेछ । प्रवेशाज्ञा पाउने व्यक्ति एक पटकमा १ सय ८० दिनसम्म बस्न पाउने र श्रीमती तथा छोराछोरीलाई पनि आफूसँगै राख्न पाउने व्यवस्था रहेको जनाइएको छ ।

चीन

एउटा दस्तावेज अनुसार उच्च विदेशी प्रतिभामा नोबेल पुरस्कार विजेता, सफल ओलिम्पिक खेलाडी र सङ्गीत तथा कलासम्बन्धी विश्व प्रसिद्ध शैक्षिक संस्थाका निर्देशकलाई समावेश गरिएको छ ।

वरिष्ठ वैज्ञानिक, ठूला वित्तीय संस्थाका प्रमुख तथा विदेशी उच्चस्तरीय विश्वविद्यालयका प्राध्यापकहरूलाई पनि सूचीमा समेटिएको बीबीसीले जनाएको छ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया