समाज
अतिथि सत्कारमा नयाँ प्रयोग : ब्याचको सट्टा पीपलको पात
- Sunday, Jan 07, 2018
- 16:11 PM ( 4 months ago )
- Total Views: 1.2 K
श्यामशितल परियार/उज्यालो ।
लमजुङ, पुस २३–कुनै सभा, समारोह, सम्मान, स्वागतलगायत औपचारिक तथा अनौपचारिक कार्यक्रममा फूलमाला र खादाले सम्मान गर्ने परम्परा छ नेपाली समाजमा ।
कुनै पनि कार्यक्रम सञ्चालनका लागि अतिथिको स्वागत तथा सम्मानका लागि ब्याच र खादामा खर्च गर्ने परम्परा बिस्तारै फस्टाउँदै छ । तर स्थानीय स्तरमै उपलब्ध हुने फूलका साथै पीपलको पातले पनि अतिथि सत्कार गर्न सकिने संस्कार स्थापित गरेका छन् लमजुङ कृषि क्यापसका विद्यार्थीहरुले । स्थानीय स्तरमै सहजै पाइने पीपलको पातलाई ब्याचको रुपमा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख कृष्णभद्र अधिकारीलाई कुनै कार्यक्रममा अतिथि भएर जाँदा आयोजकले दिएको रङ्गीचङ्गी कपडाकामाझ कागजमा अतिथि लेखिएको ब्याज छातीमा टाँसेको याद छ । तर लमजुङ कृषि क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा अतिथिको रुपमा जाँदा उहाँले अतिथि सत्कारमा नौलोपन पाउनुभयो ।
मञ्चमा बसेका अतिथिहरुलाई क्याम्पसका विद्यार्थीहरुले पीपलको पातमा ‘टिपेक्स’ले अतिथि लेखेको ब्याच हातमा थमाए । अतिथिहरुले ब्याच छातीमा सजाए । पीपलको पातबाटै अतिथि सत्कारको नयाँ संस्कार उहाँलाई मन पर्यो । केही नौलो लाग्यो । अतिथि सत्कारको यो नयाँ संस्कारलाई धेरैले राम्रो माने पनि ।
‘कृत्रिम ब्याच खरिद गर्दा खर्च हुन्छ, स्थानीय स्तरमै पाइने पीपलको पातलाई ब्याचको रुपमा प्रयोग गर्दा पैसा पनि कम लाग्ने, समयको पनि बचत हुने हेर्दा पनि राम्रो देखिने,’ कृष्णभद्रले भन्नुभयो ।
नेपाली समाजमा पीपललाई धार्मिक महत्वको रुपमा लिइन्छ । पीपललाई पवित्र मानिन्छ । पीपलको पातलाई अतिथि सम्मानका लागि ब्याचको रुपमा प्रयोगमा ल्याइनु आफैँमा राम्रो रहेको सुन्दरबजार नगरपालिकाकी उपमेयर ज्ञान शाहले बताउनुभयो ।
कुनै पनि कार्यक्रममा अतिथि सम्मान तथा स्वागतका लागि गाउँघरमै पाइने फूलको पनि उपयोग गर्न सकिने सरोकारवालाहरु बताउँछन् । स्थानीय रुपमा सहजै उपलब्ध हुने फूलको प्रयोग गर्न सके ब्याचमा खर्च हुने रकम जोगिने र कार्यक्रम कम पैसामा सम्पन्न गर्न सकिने सरोकारवालाहरु बताउँछन् ।
‘पीपलको पातमा टिपेक्सले अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि सहभागी लेखी ब्याचको रुपमा प्रयोग गर्न सकिन्छ, पीपलको पातलाई ब्याचको रुपमा प्रयोग गर्दा पैसा र समय दुवैको वचत हुन्छ, यसको फाइदाफाइदै छ, त्यसैले हामीले विभिन्न कार्यक्रममै यसकै प्रयोग गर्दै आएको छौँ,’ लमजुङ कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी दीपक खनालले भन्नुभयो ।
सम्बन्धित सामग्रीहरु
-
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, वैशाख ११ – गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
मोरङ, वैशाख १० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौलालाई विराटनगर झिकाइएको छ ।
-
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
कपिलवस्तु, वैशाख १० – लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ ।
-
गाई काटेको आरोपमा तेह्रथुममा ३ जना पक्राउ
तेह्रथुम, वैशाख १० – तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
-
रोकेर राखेको बसमा एक्कासी आगलागी, बस जलेर नष्ट
धनुषा, वैशाख १० – धनुषामा सडकमा राखिरहेको बसमा उक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो ।
-
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, वैशाख ११ – गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
- प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
- उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
प्रतिक्रिया दिनुहोस