MENU

राजनीति

Ncell Axiata

चिसो र बाक्लो हुुस्सुले रोक्यो वाम गठबन्धनको एकता संयोजन समितिको बैठक !

काठमाडौं, पुस २३  –चिसो र बाक्लो हुस्सुका कारण चितवनको भरतपुर विमानस्थलबाट उडान हुन नसक्नुको असर वाम गठबन्धनको एकता संयोजन समितिको बैठकमा परेको छ ।

हुस्सुले उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थलमार्ग भएर काठमाडौँ आउन ढिलाई हुँदा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक नै स्थगित भएको छ ।

हुस्सुका कारण शनिबार र आइतबार विमान उड्न नसकेका कारण माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं आउन नसक्दा बैठक बस्न नसकेको हो । एकता संयोजन समितिको बैठक शनिबार नै बस्ने भने पनि प्रचण्ड शनिबार काठमाडौं आउन सक्नु भएन । आइतबार पनि जहाज नउडेपछि प्रचण्ड सडकमार्ग हुँदै काठमाडौं आउँदै हुनुहुन्छ । तर उहाँ आइपुग्न ढिलाई हुने भएपछि आइतबारका लागि तय गरिएको बैठक पनि स्थगित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार एकता संयोजन समितिको बैठक अब सोमबारका लागि तय गरिएको छ । तर त्यो भन्दा पहिला दुई पार्टीका अध्यक्षबीच छलफल हुनेछ ।

सकभर सडक यात्रा गर्न नरुचाउने प्रचण्ड पार्टी एकता सकेसम्म चाँडो टुंग्याउन नारायणगढ–मुग्लिन सडकमा धुलो उडाउँदै काठमाडौँ आउँदै हुनुहुन्छ । अस्वस्थ्य रहेका एमाले अध्यक्ष ओली पनि नियमित स्वास्थ्य जाँचका लागि थाइल्याण्ड जाने तयारीमा हुनुहुन्छ । 

एमाले अध्यक्ष ओली थाइल्याण्ड जानुभन्दा अगाडी बस्ने एकता संयोजन समिति बैठकले पार्टी एकताका विषयमा ठोस खाका तयार पार्ने दुबै पार्टीका नेताहरुको दाबी छ ।

यसका साथै नयाँ सरकार गठन र सकेसम्म नयाँ सरकार गठन अगाडी नै पार्टी एकता गर्ने दुई अध्यक्षको योजना पनि एकता संयोजन समिति बैठकले निर्णय गर्ने अपेक्षा छ । 

तर दुई शीर्ष नेताको व्यस्त कार्यतालिका र व्यक्तिगत कारणले पार्टी एकताको काम थप पर धकेलिने संकेतहरु पनि देखिएका छन् । ओली स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएपछि कम्तिमा पनि एकहप्ता अघि फर्कनु हुने छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस

सोसल मिडिया