MENU

मनोरञ्जन

ujyaalo forign call inside

​नारायण गोपालको गीतमा चुर्लुम्मै डुब्यो भक्तपुर

रमेश गिरी/उज्यालो  ।
भक्तपुर, पुस २३ –‘मलाई छोडी मेरो छायाँ कतै झरेछ, 
तिमीसम्म आइपुग्दा साँझै परेछ ।
मलाई छोडी मेरो छायाँ कतै झरेछ ।
त्यसै कति बिते मेरा, चिसा चिसा रातिहरु
लाको मायाँ संगालेर, खोजीरहे साथीहरु ’

शनिबारको साँझ छिप्पिँदै जाँदा सूर्यविनायकको एउटा पार्टी प्यालेसको डबलीमा यो गीत गुञ्जिदा सहभागी सबैले नारायण गोपाललाई सम्झिरहेका थिए । 
भक्तपुरमा पहिलो पटक भक्तपुर सांगीतिक समाजले शनिबार साँझ सूर्यविनायकमा आयोजना गरेको ‘नारायण गोपाल स्मृति साँझ–२०७४’ मा नारायण गोपालले गाएको यो गीत कर्णदासको आवाजमा गुञ्जिँदा नारायण गोपालको स्मृतिले गीत संगीतप्रेमी सबैलाई चस्स बनाएको थियो ।

 

भक्तपुरबाट गीत संगीतको क्षेत्रमा सक्रिय रहेका युवाहरुले स्थापना गरेको समाजले गीत संगीतको विकास एवं सम्वद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिनुभयो ।

नारायण गोपालले गाएको सदाबाहार गीतहरुलाई यहाँका नयाँ तथा पुराना गायकले गाउँदा नारायण गोपाल आज पनि उसैगरी स्टेज मै बसेर गाइरहेझँै लागेको गीतकार तथा पत्रकार पुष्कर बुढाथोकी ‘साउँतेली’ले बताउनुभयो ।

‘नारायण गोपालका गीतमा चुर्लुम्म डुब्दा निस्कनै गाह्रो हुँदो रहेछ, गीत सुन्दै गर्दा रात छिप्पिएको पनि पत्तो भएन ।’–उहाँले भन्नुभयो ।
‘यति धेरै माया दिई, मन भरी दुःख नदेऊ, 
बाटो वरिपरि फूल्ने, पलास टिपी शीरमा नलाऊँ 
यति धेरै माया दिई...... ।’

साँझ छिप्पिँदै जाँदा नारायण गोपालको यो गीतलाई कर्णदासले गाउँदा सहभागीहरु मन्त्रमुग्ध भएर सुनिरेहका थिए । कर्णदासले नारायण गोपालको ‘मायाको आधार’, ‘तिमी जुन रहरले’ बोलको गीत गाउनु भएको थियो ।

कार्यक्रममा युवा गायक अजर जंगमले गाएको ‘मलाई माफ गरिदेऊँ...’, सत्यनारायण मानन्धरले ‘म मरे पनि....’, श्रीजल मढीकर्मीले ‘बिर्सेर फेरी....’, विजय कायस्थले ‘आजभोलि हरेक साँझ....’, लक्ष्मण पलिखेलले ‘तिम्रो मुटु मेरो पनि...’, रोशन धौभडेल र अञ्जना खाइतुले ‘मैले पूण्य मन पराएँ...’बोलको गीत गाउनु भएको थियो ।

त्यसैगरी अमृत क्षत्रीले ‘तिम्रो मनमा लुकेको माया...’, आयुस केसीले ‘लौ सुन म भन्छु....’, मदनगोपालले ‘मलाई छोडी मेरो छायाँ’, मदन गोपाल र पूजा परियारले ‘मोहनी लाग्ला है...’, ऋद्धिसी र सर्वश्री कसपालले ‘लुकँु लुकुँ लाग्यो मलाई.....’, एञ्जिला श्रेष्ठले ‘मेरो यो गीत....’, सानुमाया ताम्राकार र रोशनमैयाँ धौभडेलले ‘ए कान्छा....’, सुमन रंजितकारले ‘पर्खि बसे आउँला भनी....’ बोलको गीत गाएर नारायण गोपालको सम्झना गराएका थिए ।

कार्यक्रममा वरिष्ठ रचनाकार सुवासचन्द्र ढुङ्गेल, वरिष्ट गीतकार चेतन कार्की, गीतकार एवं गायक भरत जंगम, कर्णदास, गीतकार दिनेश अधिकारीलगायतले यस्ता कार्यक्रमले स्रष्टाको सम्झना मात्रै नभई नयाँ पुस्तामा गीत संगीत प्रति आकर्षण बढाउने बताउनु भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया