MENU

अन्तर्राष्ट्रिय

​भारतले पाकिस्तानसँगको सीमामा १४ हजार बंकर बनाउँदै

पुस २३ – जम्मू कश्मीर सीमामा भारतले १४ हजार भन्दा  बढी बंकर बनाउने भएको छ ।

नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा भारतले सामुदायिक र निजी गरी ठूलो संख्यामा बंकर बनाउन लागेको हो । अधिकारीहरुका अनुसार भारतले पुंट र साजौरी जिल्लामा एलओसीको नजिक झण्डै ७२९८ बंकर बनाउँदैछ । 

त्यस्तै सांबा जिल्लामा ७१६२ भूमिगत बंकर बनाइँदैछ । केन्द्र सरकारले सीमामा बस्ने नागररिकलाई निजी तथा सामुदायिक बंकर निर्माणका लागि झण्डै ४सय १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

अधिकारीहरुले बताए अनुसार १३ हजार २९ निजी बंकर तथा १ हजार ४ सय ३१ सामुदायिक बंकरको निर्माण गरिँदैछ । निजी बंकरको क्षेत्रफल १६० वर्ग फुट हुनेछ, जसमा ८ जना मानिस बस्न सक्नेछन् । त्यस्तै ८ सय वर्ग फुटको सामुदायिक बंकरमा ४० जना अट्नेछन् । 

पाकिस्तानसँग भारतको ३३२३ किलोमिटर सीमा जोडिएको छ । जसमा २२१ किलोमिटर अन्तर्राष्ट्रिय सीमा र ७४० किलोमिटर एलओसी अथार्त जम्मू कश्मीरसँग जोडिएको छ ।

भारत र पाकिस्तानको बीचमा सीमा विवादलाई लिएर पटकपटक गोलीबारी हुने गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया