MENU

खेल

ujyaalo forign call inside

रियल मड्रिडले फेरि जित्न सकेन, बार्सिलोना भन्दा १६ अंकले पछि

पुस २४ – रियल मड्रिडले ला लिगामा अंक दूरी कम गर्ने मौका फेरि गुमाएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिड सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको हो । सेप्टम्बर २० पछि ला लिगामा पहिलोपटक खेलेका ग्यारेथ बेलले दुई गोल गरे पनि क्लबलाई जित दिलाउन सकेनन् । घरेलु मैदानमा भएको खेलमा ३३ औँ मिनेटमा ड्यानियल वासको गोलबाट सेल्टाले अग्रता लियो । त्यसको तीन मिनेटपछि बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै बेलले रियल मड्रिडलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । तर ८२ औँ मिनेटमा सेल्टाका गोमेज गोन्जालेजले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो र रियल मड्रिड अंक बाँड्न बाध्य भयो । चोटका कारण साढे तीन महिना मैदान बाहिर रहेका बेलले तीन मिनेटको बिचमा टोनी क्रस र इस्कोको पासमा दुई गोल गरे । यो खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि गोल भने गर्न सकेनन् । बराबरीपछि १७ खेलबाट ३२ अंकसहित रियल मड्रिड चौथो स्थानमा छ । तेस्रो स्थानको भ्यालेन्सियाको १८ खेलबाट ३७ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १८ खेलबाट ३९ अंक रहेको छ । रियल मड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछि रहेको छ । ला लिगामा राति नै भएका अरु खेलमा लेगानेसले रियल सोसिडाडलाई १–० तथा एथ्लेटिको बिल्बाओले एलाभेसलाई २–० ले हरायो । यस्तै भिल्लारियल र डिप्रोटिभो डि ला कोरुनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया