MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

चिसो बढ्यो, जोगिन के गर्ने ?

डा. सुवासचन्द्र यादव - 

तापक्रम घट्दै गएपछि हाम्रो आनिबानीमा पनि परिवर्तन हुन्छ । शरीरमा लुगाका मात्रा थपिन्छन् । रुघाखोकी, छाती दुख्ने समस्याले दुःख दिन थाल्छ । 

चिसोमा के–के समस्या हुन्छ ?

  • हात खुट्टा निकै चिसो हुने 
  • हाइपोथर्मिया–शरीरको तापक्रम ९४ डिग्री फोरेनहाइटभन्दा कम हुनु र रगत सञ्चालनमा अवरोध हुनु
  • रुघा खोकी
  • निमोनिया 
  • छाती दुख्ने, घाँटी दुख्ने
  • मुटुको चालमा गडबडी

जाडो मौसममा प्रदूषित वायुको तह जमेको हुन्छ । यसले श्वासप्रश्वाससँग सम्बन्धित कुरामा असर गर्छ । नेपालको भूगोल अनुसार जाडोले पार्ने प्रभाव पनि फरक फरक छन् । 

हिमाल – हात खुट्टा ठिउराउने, हिउँले खाने समस्या हुन्छ । यसबाट जोगिनु पर्छ । मुटुले फरक तरिकाले काम गर्छ ।

पहाड – हिमालको जति चिसो नभए पनि, शीतलहर नभए पनि पहाडी तथा शहरी क्षेत्रमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्न सक्छ । जाडो महिनामा चिसोले भन्दा पनि प्रदूषणले बढी रोग लाग्छ ।

तराई – शीतलहर चलेको छ । आर्थिक रुपमा कमजोर वर्ग तथा आधारभूत आवश्यकताको लागि काम गर्ने जनसमुदाय शीतलहरबाट बढि प्रभावित भएका छन् । पातलो कपडा लगाउँछन्, आगो नताप्न र रोगसँग लड्ने समस्या कम भएकोले यो समस्या भएको हो । 

के गर्ने ?

  • शरीरको सबै भागलाई छोपेर मात्र निस्कने
  • धेरै चिसो भएको बेलामा बाहिर ननिस्कने
  • पोषिलो खाना खाने 
  • तातो खाना खाने
  • न्यानो लुगा लगाउने 
  • गेडागुडीको झोल पिउने
  • फलफूल खाने 
  • शहरी क्षेत्रमा मास्क लगाएर हिँड्ने 
  • व्यायाम गर्न घाम लागेपछि मात्रै निस्कने ।

यो समयमा शरीरको तापक्रमलाई व्यवस्थापन गर्नुपर्छ । बाक्लो एउटा कपडा भन्दा पातलो धेरै कपडा लगाउनु पर्छ । यसले शरीरको तापक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ । 

के नगर्ने ?

रक्सी खानै हुँदैन, यसले क्षणिक तातो अनुभव गराउँछ, तर शरीरलाई तातो भएको हुँदैन । यस्तो अनुभव हुँदा मुटुले अर्कै तरिकाले काम गर्छ, यसले हृदयघातको जोखिम पनि बढाउँछ । चिसोमा व्यायामको लागि निस्कन हुन्न ।

(नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका छाति रोग विशेषज्ञ डाक्टर सुवासचन्द्र यादवसँग साथी सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)​

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

  • प्लेनको टिकट किन्ने पैसा नभएपछि विश्वकप खेल्न स्थलमार्गबाट पाकिस्तान पुग्दाको दुःख

    हामीलाई काठमाडौं छोड्ने बेलामा नै शंका लागेको थियो, स्थलमार्गबाट हुन लागेको पाकिस्तानसम्मको चार दिने यात्रामा दुख पो पाइने हो कि भन्ने ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया