MENU

खेल

Ncell Axiata

साबिक विजेता आर्सनल एफए कपबाट बाहिरियो

पुस २४ – प्रिमियर लिग फुटबल क्लब आर्सनल एफ कपको तेस्रो चरणबाटै बाहिरिएको छ । साबिक विजेता आर्सनल प्रशिक्षक बिहीन नोटिङ्हम फरेस्टसँग ४–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो । पराजयपछि आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको आलोचना भएको छ । १० खेलाडीमा सीमित भएर पनि नोटिङ्हमले स्टार खेलाडीले भरिएको आर्सनललाई पराजित गरेको हो । उसको जितमा लिकाजले दुई तथा ब्रेरेटन र डोवेलले एक एक गोल गरे । ब्रेरेटन र डोवेल दुवैले पेनाल्टीमा गोल गरेका हुन् । आर्सनलका लागि पर मर्टेसाकर र ड्यानी वेलबेकले गोल गरे । २० औँ मिनेटमा एरिक लिकाजले गोल गर्दै नोटिङ्हमलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मर्टेसाकरले आर्सनलका लागि बराबरी गोल फर्काए । ४४ औँ मिनेटमा लिकाजले व्यक्तिगत दोस्रो गोल गर्दै नोटिङ्हमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रेरेटनले नोटिङ्हमका लागि गोल गरे । ७९ औ मिनेटमा आर्सनलका वेलबेकले गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो । ८४ औँ मिनेटमा वोर्राल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नोटिङ्हम १० खेलाडीमा सीमित भयो । त्यसको एक मिनेटपछि पाएको पेनाल्टीमा डोवेलले गोल गर्दै नोटिङ्हमलाई ४–२ को जित दिलाए । टच लाइन प्रतिबन्ध खेपेका वेङ्गरका लागि यो खेल बिर्सनलायक बन्यो । राति नै भएका खेलमा टोटनह्यामले विम्बल्डनलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान बनाएको छ । यस्तै न्युपोर्टले लिड्सलाई हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस