MENU

खेल

बार्सिलोनामा कोन्टिन्हो, ‘ड्रिम कम ट्रू’

पुस २४ – लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोना जाने पक्का भएको छ । कोन्टिन्होलाई अनुबन्ध गरेको औपचारिक घोषणा बार्सिलोनाले सोमबार गर्दैछ । बार्सिलोनाले लिभरपुलसँग २५ वर्षे कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो । गएको समर विण्डोमा लगातार तीनपटक प्रयास गर्दा पनि असफल भएको बार्सिलोना जनवरी विण्डोमा भने कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको हो । कोन्टिन्होले आइतबार क्याम्प नाउमा विस्तृत फोटो सुट गरेका छन् । उनले बार्सिलोनामा अनुबन्ध हुनु सपना विपनामा परिणत भए जस्तै गरेको बताएका छन् । कोन्टिन्होलाई अनुबन्ध गरेको औपचारिक घोषणा सोमबार बेलुका सवा पाँच बजे हुनेछ । कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौता गर्ने छन् । उनको रिलिज क्लब चार सय मिलियन पाउण्ड हुनेछ । कोन्टिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होका लागि अन्तिम पटक एक सय १८ मिलियन तिर्ने प्रस्ताव गरेको थियो । तर त्यो लिभरपुलले अस्वीकार गरेको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया