MENU

खेल

मेस्सी कीर्तिमान : बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल

पुस २४ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

मेस्सीले आइतबार राति लेभान्टेसँगको खेलमा १२ औँ मिनेटमा गरेको गोल ला लिगामा उनको तीन सय ६५ औँ गोल थियो । उनले यो गोलसँगै मुलरको कीर्तिमानमा बराबरी गरेका छन् । यो खेलमा लिडर बार्सिलोनाले लेभान्टेलाई ३–० ले हरायो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया