MENU

खेल

नेइमार, एमबाप्पे र डि मारिया, गरे आधा दर्जन गोल

पुस २४ – फ्रेन्च कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ । एडिसन काभानी बिना खेलेको पिएसजीले रेनलाई ६–१ ले हराएको हो । पिएसजीको जितमा विश्वका महंगा खेलाडी नेइमार, केलियन एमबाप्पे र एन्जल डि मारियाले दुई दुई गोल गरे । नवौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । २४ औँ मिनेटमा डि मारियाले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुर्‍याए । ४३ औँ मिनेटमा नेइमारले व्यत्तिलगत दोस्रो गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो । पहिलो हाफमा ४–० ले पछि परेको रेनका लागि ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जामिन बोरिगेउडले गोल गरे । ७४ औँ मिनेटमा डि मारिया तथा ७६ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ६–१ ले विजयी भयो र फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनायो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया