MENU

मनोरञ्जन

ujyaalo forign call inside

यी बलिउड कलाकारका सन्तानले गर्दैछन् २०१८ मा डेब्यू

पुस २४ –सन् २०१८ मा तपार्इँले बलिउडमा धेरै नयाँ अनुहार हेर्न पाउनुहुनेछ । श्रीदेवीकी छोरी जाह्नवी कपूरदेखि सैफ अली खानकी छोरी सारा अली खानले बलिउडमा प्रवेश गर्दैछिन् । यसैगरी अन्य कलाकारका छोराछोरीहरुले वर्ष २०१८मा बलिउडमा पाइला राख्दैछन् । 
 
सारा अल खान –सैफ अली खान र उनकी पहिलो श्रीमती तथा अभिनेत्री अमृता सिंहकीे छोरी सारा अली खान फिल्म ‘केदार नाथ’ मार्फत डेब्यू गर्दैछिन् । उनलाई बलिउडकी एक मात्र सुपरस्टार खान अभिनेत्री समेत भन्न थालिएको छ । निर्देशक अभिशेक कपूरको निर्देशनमा बन्दै गरेको फिल्म ‘केदार नाथ’मा सारा अली सँगै सुशान्त सिंह राजपुतको अभिनय रहेको छ । 

जानह्वी कपूर–श्रीदेवी आफै बलिउडकी सुपरस्टार अभिनेत्री हुन । यसैले पनि उनका छोरीहरु बलिउडमा आउनु स्वभाविक हो ।  श्रीदेवीका दुई छोरी जानह्वी र खुशीमध्ये उनकी जेठी छोरी जानह्वी कपूर यस वर्ष २०१८ मा बलिउड करियरको सुरुवात गर्दैछिन् । करण जोहरले सुपरहिट मराठी फिल्म ‘सैराठ’को हिन्दी रिमेक गरेर बनाउदै गरेको फिल्म ‘धडक’ मार्फत जानह्वीलाई डेब्यू गराउँदैछन् । जसमा जाह्नवी कपूर इशान खट्टरको जोडीको रुपमा देखिनेछिन् । फिल्म ‘धडक’ जुलाई ६ मा रिलिज हुनेछ ।  

अनन्या पाण्डे– अनन्या पाण्डे चंकी पाण्डेको छोरी  हुन । सुन्दर अनन्या भर्खर १८ वर्षकी भइन । उनी यति सुन्दर छिन कि एक पल्ट निर्देशक फराह खानले यति सुन्दर अनन्या कसरी चंकीको छोरी हुन सक्छे भनेर आश्चर्यमा परेकी थिइन् । अनन्यालाई करण जोहरले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गराउने हल्लाले अहिले बलिउड तातेको छ । यस फिल्ममा टाइगर श्राफको मुख्य भूमिका रहनेछ । 

ईशान खट्टर – ईशान खट्टर नीलिमा अजीम र राजेश खट्टरका छोरा हुन । उनी शाहिद कपूरका सौतेला भाई समेत हुन । ईशान खट्टर फिल्क ‘धडक’ मार्फत बलिउडमा डेब्यू गर्दैछन् । फिल्म ‘धडक’ मा ईशान र जाह्नवीको अभिनय रहेको छ  । 

अहान शेट्टी–सुनिल शेट्टीकी छोरी अथिया सेट्टीको डेब्यू फिल्म ‘हिरो’ हो । जुन फिल्ममा बलिउडमा असफल भएको थियो । यस्तै दर्शक माझ अथियाले पनि खासै राम्रो प्रभाव पार्न सकिनन् । अब पालो आएको छ सुनिलका छोरा अहान शेट्टीको ।  अहान शेट्टी फिल्म निर्माता साजिद नाडियाडवालाको आउदै गरेको फिल्म मार्फत बलिउडमा पाइला राख्दैछन् । साजिद नाडियाडवालाले ज्याकी श्राफका छोरा टाईगर श्राफको पनि बलिउड डेब्यू गराएका थिए । 

करण देवल–धर्मेन्द्र का नाति तथा सनी देवलका छोरा करण देवल फिल्म ‘पल पल दिल के पास’ मार्फत बलिउडको यात्रा सुरु गर्दैछन् । यस फिल्मका निर्देशक स्वयम् सनि देवल रहेका छन् । अर्थात २०१८ मा सनी देवलले आफ्नै निर्देशनमा बनाउने फिल्ममा छोरा करणको बलिउड डेब्यू गराउदैछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया