MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​कम्मर र खुट्टा जोडिएका दुई बच्चाको सफल शल्यक्रिया

पुस २४ –प्यालेष्टाइनको गाजा क्षेत्रमा एक आमाले गएको अक्टोबरमा जोडिएका जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन् ।

ती बच्चाहरुको सफल शल्यक्रिया गरी जोडिएको भाग छुट्याइएको डाक्टरहरुले जनाएका छन् । असाध्यै खतरनाक मानिएको उक्त अपरेशन ९ चराणमा गरिएको थियो । रियादमा रहेको किङ अब्दुल्लाह बाल अस्पतालमा दुई जिउ भएको तर कम्मरको भागदेखि जोडिएको दुई जुम्ल्याहा बच्चालाई छुट्याइएको डाक्टरहरुले बताएका हुन् ।

उनीहरु फारह र हानीन नाम गरेका दुई छोरी रहेको जनाइएको छ । उनीहरुको मुटु र फोक्सो दुई वटा भए पनि खुट्टा भने जोडिएको अवस्थामा  थिए । डाक्टरले उनीहरुलाई प्यालेष्टाइनको  गाजामा नराख्न चेतावनी दिएपछि तिनीहरुलाई उनीहरुका बुवाले साउदी ल्याएका थिए । अक्टोबरमा जन्मिएका उनीहरु आमाको तल्लो पेटमा रहेको बताइएको छ ।

साउदीको समचार संस्थाले उनीहरुको सफल शल्यक्रिया भएको जनाएको छ । उक्त समाचार संस्थाले ती बच्चाको आन्द्रा, कलेजो र नाइटोदेखि तलको हड्डी जोडिएको र ९ चरणको शल्यक्रियाबाट उनीहरुको शल्यक्रिया भएको साउदीको समाचार संस्थाले जनाएको छ । ती जुम्लाहालाई प्यालेष्टाइनको गाजाबाट जोर्डन लगेपछि उपचारको लागि गएको डिसेम्बरमा साउदी अरेविया ल्याइएको साउदीका समाचार संस्थाहरुलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस