MENU

समाज

डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं, पुस २४ – सर्वोच्च अदालतले अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ । 

केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गर्नुभएको छ । अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनबेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । 

केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । डाक्टर केसीले प्रधानन्याधीशमा पराजुली नियुक्त भएयताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गर्नुभएको थियो । 

यस्ताे छ अदालतको अादेश

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया