MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​सुन्तलाको विमा गर्न कृषकहरुको माग

प्रेमनारायण आचार्य/उज्यालो ।

अर्घाखाँची, पुस २४ –अर्घाखाँचीको पाणीनी गाँउपालिका वडा नम्बर–१, पणेना सिम्लेका कृषकहरुले सुन्तला खेतीको विमा गरिदिन सरकारसँग माग गरेका छन् । सुन्तलामा कहिले रोग त ! केहिले असिनाले सुन्तला खेती नष्ट हुँदा सुन्तला खेती गर्ने कृषक घाटामा गएको भन्दै कृषकले बिमाको माग गरेका हुन ।

गएकाका वर्षमा सुन्तला बिक्रीबाट ३ करोड भित्रिने सिम्लेमा यस वर्ष असिनाले सुन्तला नोक्सान गरेपछि उत्पादन आधा घटेको कृषक रेवतीराज पौडेल बताउनुहुन्छ । सिम्लेमा ४९ जना कृषकको सुन्तला खेतीको तथ्यांक संकलन गर्दा असिनाले आधा उत्पादन घटेको र आम्दानीमा पनि ५० प्रतिशतले गिरावट आएको कृषक पौडेल बताउनुहुन्छ । कृषकलाइ राहत कार्यक्रमका साथै बिमाको व्यवस्था गर्न पनि पौडेलले माग गर्नुभयो ।

पणेनाको सिम्ले गाउँ सुन्तला खेतीको नमुना गाँउ हो । भारतमा सिपाहीको जागिर गर्दा खान नपाएर भारतीय पल्टनको जागीर चटक्कै छाडेर स्वदेश फर्किएका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्नुभएको छ ।

२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रति गरेको घृणाको बचनसहन नसकी जागिर चटक्कै छाडेर घरमै फर्किनुभएकाका पौडेलले नेपाली माटोमा  केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गर्नुभयो ।

उहाँले आफूले मात्र सुन्तला लगाउनु भएन, गाँउलेहरुलाई पनि सुन्तला खेती गर्न प्रेरित गर्नुभयो । पौडेलले सुन्तला खेती अभियानमा आफैले डोकोमा बिरुवा बोकर घरघरमा सुन्तलाका बिरुवा पुर्याउनुभयो । पैसा हुनेलाई बिरुवा पैसोमा बेच्नुभयो । पैसा नहुनेसँग श्रम साटेको पौडेल सम्झनुहुन्छ । सुन्तलासँग पौडेलले कसैसँग अन्न, डोका, नाम्लो र दाउरासमेत लिनुभयो । कसैकसैलाई निशुल्क बिरुवा दिएर पनि सुन्तला लागान प्रेरित गर्नुभयो ।

उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षीक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको पौडेल बताउुहुन्छ । अहिले असिनाले हानेको कारण सुन्तलाबाट सोचे जति आम्दानी गर्न नसकिएको उहाँको भनाई छ । उहाँको सुन्तला बगँैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा रहेका छन । पौडेलले बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन । 
एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाउँ र पोखराथोक गाउँ समेत प्रमुख उत्पादन सुन्तला बनेको छ । पणेना गाउँमा दुई सय र  वाड नम्बर–१, सिम्लेमा मात्रै  झण्डै ७० जना कृषकले अहिले सुन्तला खेतीबाट झण्डै ५० हजार देखि १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।

पणेनाको सिम्लेमा  वैदेशिक रोजगारीमा गएका युवाहरु पनि रोजगारीबाट फर्किएर व्यवसायिक सुन्तला खेतीमा लागेका छन् । व्यवसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै तीन सय पचास सुन्तलाका रुख रहेका छन् । सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन । यहाँ उत्पादन भएको सुन्तला प्रति केजी ७५ रुपैयाँदेखि ९० रुपैयाँमा  बुटबलको बजारमा बिक्री भैरहेको पौडेलले बताउनुभयो  ।

सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुवाको नर्सरीबाट बिरुवा बेचेर रेवतीराज पौडेलले वार्षीक १० लाख रुपैयाँ कमाउनुहुन्छ । तर यस वर्ष असिनाले उत्पादनमा आधा घटेको उहाँले बताउनुभयो ।  उहाँको बगैँचामा अहिले सुन्तला, कागती,जुनार, भारतीय किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको ६० हजार सुन्तलाको बिरुवा रहेका छन् । गएको वर्षमात्र साढे ६ लाखको बिरुवाहरु बिक्री गरेको र यो वर्ष झण्डै ६ लाख रुपैयाँ सुन्तला जातका  बिरुवाहरु बिक्री गरेर आम्दानी हुने बतानुभयो ।

रोजगारीको लागि भारत र अन्य देसमा गएका नेपालीले पनि सिम्लेका हुमनाथको जस्तै विचार लिएर अगाडि बढ्न सके देशमा आर्थिक क्रान्ति गर्न सकिन्छ । रोजगारीको लागि विदेशीहरुको मुख ताक्नु नपर्ने र देशमा असल राजनेता नहुँदा नेपालको विकास हुन नसकेको उहाँ बताउनुहुन्छ ।

गएको वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले बताउनुभयो । जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती भैरहेको र यस वर्ष ५५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका थिरलाल गैरेले बताउनुभयो ।

जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटवलमा बिक्री भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया