MENU

समाज

Ncell Axiata
NIC Asia

डाक्टर गोविन्द केसी पक्राउ

काठमाडौं, पुस २४  –अनशनरत डाक्टर गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार डाक्टर केसीलाई अदालतको अवहेलना गरेको मुद्धामा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले पक्राउ गरेको हो । 

उहाँलाई अनशनरत स्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर महानगरीय प्रहरी प्रभाग  सिंहदरबार लगिएको हो । यसअघि उज्यालो अनलाइनसँग प्रतिक्रिया दिँदै मान नभएको अदालतको पूर्जी नमान्ने बताए पनि उहाँ प्रहरीसँग सरासर जानुभएको हो ।

यसअघि सोमबार दिउँसाे  सर्वोच्च अदालतले अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको थियो । 

केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गर्नुभएको छ । अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनवेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । 

केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । डाक्टर केसीले प्रधानन्याधीसमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया