MENU

खेल

ujyaalo forign call inside

ब्राइटन एफए कपको चौथो चरणमा

पुस २५ – ब्राइटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै ब्राइटनले चौथो चरणमा स्थान पक्का गरेको हो । ब्राइटनको जितमा डेल स्टिफन्स र ग्लेन मुरेले गोल गरे । क्रिष्टल प्यालेसका लागि बाकरी साकोले एक गोल फर्काए । घरेलु टोली ब्राइटनले २५ औँ मिनेटमा स्टिफन्सले गरेको गोलबाट पहिलो हाफमा १–० को अग्रता लियो । ६९ औँ मिनेटमा साकोले क्रिष्टलका लागि बराबरी गोल फर्काए । तर ८७ औँ मिनेटमा मुरे गोल गर्दै ब्राइटनलाई जित दिलाए । यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग गरिएको थियो । इंग्ल्याण्डमा प्रतियोगिताको खेलमा भिएआर प्रयोग गरिएको यो पहिलो पटक हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया