MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

उत्तर र दक्षिण कोरियाबिच वार्ता : ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी हुने

पुस २५ – उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउने भएको छ ।

दुई कोरियाका उच्च अधिकारीबिच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । टोलीमा खेलाडी, समर्थक तथा अरु केही सरकारी अधिकारी रहने वार्ताको क्रममा उत्तर कोरियाले बताएको बिबिसीले उल्लेख गरेको छ । 

दक्षिण कोरियाको प्रस्तावमा दुई देशबिचको सीमा क्षेत्रमा वार्ता भएको हो । पछिल्लो दुई वर्षमा दुई कोरियाबिच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग सम्बन्ध सु्धार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताउनुभएको थियो । 

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबिच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल भएको हो ।

यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई कोरियाबिच यसअघि सन् २०१५ मा वार्ता भएको थियो । त्यसयता उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया