MENU

खेल

ujyaalo forign call inside

रोनाल्डोबाट म लुटिएँ : रिबेरी

पुस २५ – बार्यन म्युनिखका स्टार फ्र्यांक रिबेरीले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोद्वारा आफू लुटिएको दाबी गरेका छन् । सन् २०१३ को बालोन डी’ओरको हकदार आफू रहे पनि रोनाल्डोले अवार्ड पाएकाले उनबाट आफू लुटिएको रिबेरीले आरोप लगाएका हुन् ।

सन् २०१३ मा रिबेरी र त्यसअघि लगातार तीनपटक अवार्ड जितेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले अवार्ड जितेका थिए । तर रिबेरी अझै पनि सन् २०१३ को बालोन डी’ओरको हकदार आफू नै रहेको बताउँछन् । फ्रान्सेली खेलाडी रिबेरीले सन् २०१३ मा च्याम्पियन्स लिग र बुण्डेस लिगासहित पाँच उपाधि जितेका थिए ।

तर रोनाल्डोले भने त्यो वर्ष स्पेनिस सुपर कप मात्रै जितेका थिए । बालोन डी’ओर भने रोनाल्डोले नै जिते । छनौट प्रक्रियामा आफ्नै देशको फ्रेन्च फुटबल म्यागजिनले पनि आफूमाथि अन्याय गरेको रिबेरीले मुण्डो डिप्रोटिभोसँग बताए । उनले भने ‘सन् २०१३ को बालोन डी’ओरमा उनीहरुले मलाई लुटे । त्यो वर्ष मैले धेरै ट्रफी जितेँ तर बालोन डी’ओर अरुकै पोल्टामा गयो ।’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया