MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

पर्वतको लिमीठानामा घाइते चितुवा फेला

सन्तोष थापा/उज्यालो । 

पर्वत, पुस २४ – पर्वतको फलेवास नगरपालिका –७  लिमीठानामा घाइते अवस्थामा चितुवा फेला परेको छ । स्थानीय बासिन्दाले मधुवनमा घाइते चितुवा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

वन कर्मचारी र प्रहरीले घाइते चितुवालाई उद्धार गरी उपचारका लागि सदरमुकाम कुश्मामा रहेको जिल्ला पशु सेवा कार्यालयमा पुर्‍याएका छन् । अहिले बिरामी चितुवाको उपचार भइरहेको जिल्ला वन कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार चितुवाको खुट्टामा गम्भिर चोट लागेको छ भने शरिरका विभिन्न ठाउँमा घाउहरु देखिएका छन् । चितुवालाई घाउ सन्चो हुने विभिन्न किसिमका खोप तथा औषधि खुवाईएको वरिष्ठ पशु चिकित्सक सुधीर थापाले जानकारी दिनुभयो । 

जङ्गलको बिच सडकमा फेला परेको चितुवालाई कुनै गाडीले हानेको वा अर्को चितुवासँग जुध्दा घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया