MENU

खेल

Ncell Axiata

राष्ट्रिय महिला लिग फुटवलको सुपर लिगमा नेपाल पुलिस क्लब विजयी

काठमाडौं, पुस २५ – राष्ट्रिय महिला लिग फुटवलको सुपर लिगमा नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई १–० ले हराएको छ ।

ललितपुरको सातदोबाटोमा भएको खेलमा पुलिसलाई जिताउन रुपा थापा मगरले गोल गरिन् । सुपरलिगमा पुलिसको यो पहिलो जित हो भने सुदुरपश्चिमको लगातार दोश्रो हार हो ।

दुवै टोलीले सुपरलिगमा एक एक खेल जितेका छन् । सुपरलिगमा चार टोलीले तीन तीन वटा खेल खेल्नेछन् । सबैभन्दा बढी अंक ल्याउने टोलीले महिला लिग फुटबलको उपाधि जित्नेछ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस