MENU

खेल

Ncell Axiata

नेत्रहीन विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

पुस २५ –नेत्रहीन विश्वकप क्रिकेट अन्तर्गतको पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको छ ।

पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ५९ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । पाकिस्तानको जिन्नाह रंगशालामा पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो ।

नेपालका रमेशबहादुर बाँनियाले ५९, पदम बडेलाले ५०  बद्री चौलागाँइले ४९ रन बनाए । नेपालले दोस्रो खेल भोली बंगलादेशसँग खेल्नेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया