MENU

मनोरञ्जन

​सुदर्शन र पूजाले निर्माण गर्न लागेको सिनेमामा ‘माग्ने बुढा’ अनुबन्धित

काठमाडौं, पुुस २५ – सुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि केदार घिमिरे ‘माग्ने बुढा’ लाई अनुबन्धित गरिएको छ । 

उनलाई धेरै रकममा चलचित्रमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ । माग्ने बुढाले अभिनय गर्ने यो चलचित्र हास्य कलाकारबाहेक निर्माण भएको पहिलो  चलचित्र हो । 

यसअघि माग्ने बुढाले ‘छ एकान छ’, ‘छक्का पञ्जा’ जस्ता हास्यकलाकारको टीममा रहेर काम गरेका थिए । उनले टिमको सहमतीमै पूजा र सुदर्शनको सिनेमामा अभिनय गर्ने बताएका हुन् ।  

सुदर्शन र पूजाको सिनेमामा माग्ने बुढा अनुबन्धित

केदारले यस सिनेमामा काम गरेबापत लिएको पारिश्रमिकबारे बोल्दै भने, ‘यो दारीले भारी रकम लिएको छ ।’ उनले पारिश्रमिक स्वरुप आधा रकम लिइसकेको जानकारी दिए ।

सिनेमाको छायांकन माघको अन्तिमबाट सुरु हुनेछ । अहिले पूजा र सुदर्शन सिनेमाको लागि नायकको खोजी गरिरहेका छन् । सिनेमामा मुख्य अभिनेत्री पूजा शर्मा हुनेछिन् भने सुदर्शन थापाले निर्देशन गर्नेछन् ।
- उज्यालो र गफगाफ डटकमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया