MENU

खेल

राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा पुलिस र सशस्त्र प्रहरी विजयी

काठमाडौं, पुस २५ – राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा आज नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएका खेलमा पुलिसले सुदुरपश्चिमलाई १–० ले र एपीएफले आर्मीलाई २–१ ले हराएको हो । पुलिसलाई जिताउन एक मात्रै गोल रुपा थापा मगरले गरिन् ।

एपीएफको जितमा भने अनिता केसी र अनिता बस्नेतले गोल गरिन् । सुपरलिगमा पुगेका चार टोलीले तीन तीन वटा खेल खेल्नेछन् ।

सबैभन्दा बढी अंक ल्याउने टोलीले महिला लिग फुटबलको उपाधि जित्नेछ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया