MENU

खेल

खप्तड गोल्डकप : रुपन्देही ११ क्वाटरफाइनलमा

नवराज पनेरु/उज्यालो 

धनगढी, पुस २५ –धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको डुकस्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोस्रो हाफमा थप १ गोल गर्‍यो भने २ गोल खाएको थियो । रुपन्देही ११ का लागि अमर डङ्गोलले २२ औँ र ३८ औँ मिनेटमा गोल गरे भने मनिष थापाले ६९ औँ मिनेटमा तेस्रो गोल गरे ।

भुटानको डुकस्टार क्लबकोतर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न परेको हो ।

गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाएका थिए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङ्गोल भए ।

क्वाटरफाइनलमा अब रुपन्देही ११ बाइ पाएर क्वाटरफाइनलमा पुगेको मनाङ मर्स्याङग्दीसँग भिड्ने छ । बुधबार सेमीफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपीएफ बीच प्रतिस्पर्धा हुने छ । माघ १ गतेसम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया