MENU

बातावरण-कृषि

ujyaalo forign call inside

भेडापालक किसानकाे मर्म : सातदिन भेडा चराएको मूल्य २५ देखि ३० हजारसम्म

डीबी विष्ट/उज्यालो ।

बझाङ, पुस २५ – हिमाली भेगमा हिमपातसँगै बढेको चिसाले बझाङमा भेडा पाल्नेहरु बेसी झरेका छन् । चिसो बढेका कारण हिमाली क्षेत्रमा बस्न नसकेपछि बेसी झर्नु परेको भेडा व्यावसायीले बताएका छन् ।

भेडा चराउने चरन क्षेत्रमा बाक्लो हिमपात भए पछि भेडापालक कृषकहरु बेसीतिर झर्न बाध्य भएको भेडा पालक करन थापाले बताउनुभयो ।

जिल्लाको हिमाली गाउँपालिका काँडाको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय गर्ने किसान बेसीतिर झर्न थालेपछि समस्या उत्पन्न हुन थालेको छ ।

परापूर्वकालदेखि भेडा चर्ने, हिड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेल विसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेलालगायतका ठाउँका करिब ५ सय २५ परिवारभन्दा बढीले पालेका ५० हजार भन्दा बढी भेडा च्याङग्रालाइ चरन संकट परेको छ । 

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको धनबहादुर धामीले बताउनुभयो ।

‘सामुदायिक वनमा भेडा चराए बापत शुल्क तिर्नुपर्छ भनेर एउटा समूह आउँछ’, उहाँले भन्नुभयो, ‘उनीहरुलाई पैसा दिएर पठायो केही दिनपछि अर्काे समूह आएर सामुदायिक वनका पदाधिकारी त हामी हौँ भनेर फेरी पैसा असुल्छ ।’

एउटै वनमा ७ दिन भेडा चराएवापत पटक पटक गरी कम्तीमा २५ देखि ३० हजारसम्म तिरेको बताउँदै धामीले पैसा नदिए भेडा नै खोसेर राख्ने गरेकोे गुनासो गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया