MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

सैन्य वार्ताका लागि दुई कोरिया तयार

पुस २६ – उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि छलफल गर्न तयार भएका छन् । दुई कोरियाबिच मंगलबार बिहान पछिल्लो दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएपछि दुई कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि वार्तामा बस्न तयार भएका हुन् ।

उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो । दुई कोरियाका अधिकारीबिच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।

तर उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन । संयुक्त राष्ट्रसंघले दुई कोरियाबिच भएको छलफलको स्वागत गरेको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयका अधिकारी भने दक्षिण कोरियाका अधिकारीसँग विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताले उसमाथि लाग्दै आएको प्रतिबन्ध उल्लंघन हुने नहुने विषयमा परामर्शमा छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस