MENU

खेल

मेस्सीको ठाउँ लिने कोन्टिन्हो !

पुस २६ – लिभरपुलबाट बार्सिलोना गएका फिलिप कोन्टिन्होले स्टार स्ट्राइकर लियोनल मेस्सीको ठाउँ लिने बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले दाबी गरेका छन् । २५ वर्षे ब्राजिलियन खेलाडी कोन्टिन्हो यहि हप्ता एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा लिभरपुलबाट बार्सिलोना गएका हुन् ।

यो अनुबन्धपछि कोन्टिन्हो विश्वका महंगा खेलाडीको सूचिमा नेइमारपछि दोस्रो स्थानमा छ । नेइमार यहि सिजन दुई सय २२ मिलियनमा बार्सिलोनाबाट पिएसजी गएका थिए । रिभाल्डोका अनुसार कोन्टिन्होले बार्सिलोनामा मेस्सीको ठाउँ लिने छन् ।

उनले भने ‘हामी सबैलाई थाहा छ मेस्सी ठूला स्टार हुन् । उनी अझै तीन वा चार वर्ष उच्च स्थानमा रहन सक्छन् । तर कोन्टिन्होमा मेस्सीको छायामा रहेर पनि आफ्नो प्रभाव राख्ने क्षमता छ ।’ बार्सिलोनाको इतिहासमा कोन्टिन्हो महंगा खेलाडी रहेकाले उनको काँधमा जिम्मेवारी रहेको र क्लबले पनि क्षमता देखेर नै बढी रकम खर्चिएको रिभाल्डोको भनाई छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया