MENU

मनोरञ्जन

होलीमा परी बनेर तर्साउनेछिन अनुष्का शर्मा

पुस २६ –बलिउड नायिका अनुष्का शर्माको आउँदै गरेको फिल्म ‘परी’ को प्रदर्शन मिति परिवर्तन भएको छ ।

अनुष्काले ट्वीटरमार्फत फिल्म प्रदर्शन मितिको जानकारीसहित फिल्मको टिजर सार्वजनिक गरेकी छिन् । फिल्मको नाम ‘परी’ भए पनि टिजरमा अनुष्का निकै खतरनाक भूमिकामा देखिएकी छिन् । फिल्म ‘परी’ आगामी होली अर्थात मार्च २ मा रिलिज हुँदैछ । 

यसअघि फिल्म ‘परी’ र सिद्धार्थ मल्होत्रा, रकुल प्रीत र मनोज बाजपेयीद्वारा अभिनित फिल्म ‘अय्यारी’को प्रदर्शन मिति जुधेकाले यो फिल्मको समूह तनावमा थियो । अब भने फिल्म ‘अय्यारी’ फेब्रुअरी ९ मा प्रदर्शन हुनेछ भने अनुष्काले ‘परी’ मार्फत यो वर्षको होलीमा दर्शकहरुलाई तर्साउनेछिन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया