MENU

राजनीति

ujyaalo forign call inside

​एमाले–माओवादी पार्टी एकता कार्यदलले भोलिदेखि नै काम थाल्ने

रमेश गिरी/उज्यालो । 

भक्तपुर, पुस २६ –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्ने म्याण्डेट पाएको छ । 

म्याण्डेट पाए लगत्तै नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचन, प्रदेश सभा गठन र प्रदेश सरकार निर्माणको लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम सुरु गर्ने भएको छ । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम सुरु गर्ने भएको हो । 

बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको जानकारी दिनुभयो ।  

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदललले ४ वटा मापदण्डका आधारमा भोलिबाटै काम सुरु गर्ने सहमति भएको संचारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउदै  राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिनुभयो । उहाँले भोलिदेखि नै कार्यदलले सघन रुपमा काम सुरु गर्ने बताउनुभयो । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उहाँले दुई पार्टी छिट्टै पार्टी एक हुने दावी गर्नुभयो । 

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट संख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसदमा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेट पाएको पुनले जानकारी दिनुभयो । 

गठबन्धनले गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा वादल, वर्षमान पुन र मातृका यादव रहनु भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया