MENU

राजनीति

ujyaalo forign call inside

​ओलीले भने : खुरापातीमा पिएचडी गर्नेहरु पार्टी एकता भाँड्न खोज्दैछन्, कानुनका बारेमा नबुझे डा केसीलाई सोध्नु

काठमाडौं, पुस २६ –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोग र गोविन्द केसीप्रति पनि व्यंग्य गर्नुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो स्वास्थ्यमा खासै समस्या नभए पनि किड्नी ट्रान्सप्लान्ट गरेकाले डाक्टरको सल्लाहमा नै नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लाग्नुभएको बताउनुभयो । 

एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनमा देउवा सरकारले अलमल्याइरहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सानो देश भए पनि राजनीतिको परिवेशमा ठूला ठूला तरंगहरु आउने गरेको छ ।’

समानुपातिकतर्फको नतिजा आउन ढिलाई भएकोमा निर्वाचन आयोगप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरु सबैलाई सम्झना होला नि ! प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भाको थियो । चुनाव भाको थियो जे का लागि त्यसलाई रोकेर राख्ने काम भएको छ । जनमतको अनादर गर्ने काम भएको छ ।’

उहाँले अहिलेको सरकार कामचलाउ भएको र उसले नगर्नु पर्ने काम गरेर सरकार गठनमा वाधा पुर्याएको पनि बताउनुभयो । अर्को प्रसंगमा पार्टी एकता निकट भविष्यमै हुने भएकाले यसमा शंका नगर्न उहाँको आग्रह थियो । उहाँले आफूहरुको पार्टी एकता भाँड्न केही व्यक्ति सक्रिय रहेको बताउँदै भन्नुभयो, ‘यसमा कतिपय खुरापाती विषयमा पिएचडी गरेका विद्वानहरु पनि लागेका छन् । पिएचडी जेमा पनि हुन्छ, खुरापातमा पनि हुन्छ । खुरापाती डाक्टरको बुद्धीले यसपल्ट घाम ताप्छ ।’

त्यस्तै पार्टी एकता र पद बाँडफाँडका बारेमा आफू अहिले बोल्न नचाहेको बताउँदै उहाँले भन्नुभयो, ‘१५ दिनमै पार्टी एकता हुन्छ, त्यसपछि सबै थाहा भै हाल्छ नि ।’ अध्यक्ष ओलीले आफूहरुलाई नेताको व्यवस्थापनमा भन्दा पनि नागरिकको व्यवस्थापनमा बढी चिन्ता हुने बताउनुभयो । 

स्वास्थ्य परीक्षणका लागि बैंकक जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै ओलीले निर्वाचन आयोगलाई कानुनको विषयमा थाहा नभए गोविन्द केसीलाई सोध्नु भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग सुनिन्छ, विभिन्न प्रकारका ब्ल्याकमेलिङको सिकारसमेत भको छ भन्ने, कति साँचो हो उहाँहरु जान्नुहोला अथवा यदि उहाँहरुलाई अब कानुनी कुरामा नै त्यसमा अप्ठ्यारो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले त धेरैवटा कुरा त फटाफट भनिराख्नु भको छ । केके भनेको हो त्यो अदालतले पनि त्यसमा अब बुझ्ला त्यो जाला ।’ 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया