MENU

खेल

ujyaalo forign call inside

दोस्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता बनेपामा

काठमाडौं, पुस २६ –काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता हुने भएको छ । 

नेपाल एकायन कराते संघको आयोजनामा माघ १३ र १४ गते मा बनेपाको पोलिटेक्निक मैदानमा आयोजना हुने प्रतियोगितामा सात प्रदेशबाट झण्डै १ सय २० महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता सम्पन्न गर्न नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनिल तामाङ्ग संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता संचालन व्यवस्थापन समिति गठन गरिएको छ । 

२०७२ मा स्थापना भएको एकायन कराते संघले नुवाकोट, काभ्रे, मकवानपुर ,धादिंग, चितवन, बाँके, भक्तपुर, ललितपुर, पर्सा, कास्की, कैलाली, ओखल्ढुङ्गा, सोलुखुम्बु, महोत्तरी लगायतका जिल्लामा शाखा स्थापना गरिसकेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया