MENU

खेल

​नेत्रहीन विश्वकप क्रिकेट : बंगलादेशसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं, पुस २६ –नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । 

नेपाल बुधबार बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । बंगलादेश पनि पाकिस्तानसँग ९ विकेटले नै पराजित भएको थियो । नेपालले अाफ्नो तेस्रो खेल श्रीलंकासँग शुक्रबार दुबईमा खेल्दैछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया