MENU

खेल

ujyaalo forign call inside

सुदूरपश्चिम खप्तड गोल्डकप : एपिएफ सेमिफाइनलमा

नवराज पनेरु/कैलाली ।

कैलाली, पुस २६ – सशस्त्र प्रहरी बलको एपिएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै एपिएफ खप्तड गोल्डकपको अन्तिम चारमा पुगेको हो ।

एपिएफका लागि दुबै गोल खेलको २३ औँ र ८५ औँ मिनेटमा अन्जन विष्टले गरेका थिए । विष्टले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक गर्ने मौका पाए पनि उक्त प्रहारलाई गोलमा परिणत गर्न सकेनन् । विष्टको प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो । 

२ गोल गरेका विष्टले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार प्राप्त गरे । माघ १ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया