MENU

राजनीति

राष्ट्रियसभा चुनावको तालिका सार्वजनिक

 
काठमाडौं, पुस २६ –निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको तालिका सार्वजनिक गरेको छ । 
 
आयोगको निकालेको तालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरिने छ । यस्तै माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने आयोगले जनाएको छ । 
 
राष्ट्रियसभा चुनावका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी २ हजार ५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । 
 
राष्ट्रियसभामा ५९ जना सांसद चुनिनुपर्नेमा समानुपातिक रुपमा ५६ जना निर्वाचित हुने र ३ जना मनोनित गर्ने व्यबस्था रहेको छ । राष्ट्रियसभा चुनावको लागि निर्वाचन आयोगले ७ जना जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गर्ने छ ।
 
पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा कार्यालय स्थापना गर्ने पनि निर्णय आयोगले गरेको छ । 
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया