MENU

समाज

Ncell Axiata
NIC Asia

प्रधानन्यायाधीशमाथि नै छानबिन गर्न बाध्य पारेर अदालतबाट फर्किए डाक्टर केसी

काठमाडौं, पुस २६ –अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डाक्टर गोविन्द केसी साधारण तारिखमा रिहा हुनुभएको छ । 

बुधबार साँझ सर्वोच्चको आदेशलगत्तै उहाँ आफ्ना वकिल र सहयोगीको साथमा हँसिलो अनुहारका साथ अदालतबाट बाहिरिनुभएको हो ।

डाक्टर केसीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिँदै गर्दा सर्वोच्च प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि पनि छानबिनको आदेश दिन बाध्य भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको हो ।

डा. केसीले बयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएकाले छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले इजलासमा उपस्थित भएर पनि त्यही अडान राख्नुभएको थियो । बुधबार बहसको अन्त्यमा समय लिंदै डा. केसीले आफूलाई रिहा नगरे पनि हुने, तर प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन पनि इजलासले आदेश दिएको छ ।

नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउने आदेशसँगै प्रधानन्यायाधीश पराजुली स्वतः अनुसन्धानको दायरामा तानिनुभएको छ । डा. केसीको मानहानी मुद्दाले उल्टै प्रधानन्यायाधीशका फाइल खुल्ने भएका छन् ।

तस्बिरहरु -रासस

यो पनि पढ्नुहोस्

केसी साधारण तारेखमा रिहा,प्रधानन्यायाधीश पराजुलीमाथि लागेका आरोप छानविन गर्न आदेश

प्रधान्यायाधीश अब केसीका प्रतिवादी ! केसीसँगै पराजुली पनि कठघरामा !

डा. केसीको गिरफ्तारीपछि लहरो तान्दा पहरो थर्केजस्तो !

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया