MENU

खेल

ujyaalo forign call inside

रियल मड्रिड बराबरीमा रोकियो, तर पुग्यो क्वाटरफाइनलमा

पुस २७ – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा नुमान्सियासँग २–२ को बराबरीमा रोकिएर पनि रियल मड्रिड समग्रमा ५–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

अवे मैदानमा भएको पहिलो लेगमा रियल मड्रिड ३–० ले विजयी भएको थियो । बुधबार राति घरेलु मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि रियल मड्रिड १० खेलाडीमा सीमित भएको नुमान्सियासँग २–२ को बराबरीमा रोकिएको हो । १० औँ मिनेटमा लुकास भाज्क्वेजको गोलबाट रियलले सुरुवाति अग्रता लियो ।

४५ औँ मिनेटमा फर्नान्डेज हिईरोले नुमान्सियाका लागि बराबरी गोल फर्काए । ५९ औँ मिनेटमा भाज्क्वेजले रियलका लागि व्यक्तिगत दोस्रो गोल गर्दै फेरि २–१ को अग्रता दिलाए । तर ८२ औँ मिनेटमा हिईरोले नुमान्सियाका लागि फेरि बराबरी गोल फर्काए ।

इन्जुरी समयको दोस्रो मिनेटमा काल्भो सान्रोम्यान दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो । रियल मड्रिडले बुधबार रातिको खेलमा १० पटकसम्म गोल गर्ने राम्रा मौका बनाएको थियो । यो खेलमा रियल क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो तथा करिम बेन्जिमा बिना नै खेलेको थियो ।

राति नै भएका अरु खेलमा फोर्मेन्तेरालाई २–० ले हराएको एलाभेस समग्रमा ५–१ तथा भिल्लारियलसँग २–१ ले पराजित भएर पनि अवे गोलका आधारमा लेगानेसले अन्तिम ८ मा स्थान बनायो ।

लेगानेस र भिल्लारियलले समग्रमा २–२ को बराबरी खेले पनि पहिलो लेगमा १–० ले विजयी भएको लेगानेशले अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान बनायो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया