MENU

अर्थ

ujyaalo forign call inside

नगर बासिन्दालाई कर तिर्न अभिप्रेरित गर्दै सिद्धिचरण नगरपालिका

ओखलढुंगा, पुस २७ – ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सबै वडामा कार्य संचालन तथा अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । 

सेवा प्रवाह र तिर्नु पर्ने राजश्वका बारेमा जानकारी नहुँदा गुनासो आएपछि सरोकारवाला निकाय, जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीलाई सचेतिकरण गर्न कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयबाट नियमित सेवा प्रवाह, वडामा राजश्व संकलन बृद्धि गर्ने र सरोकारवालाहरुलाई कर तिर्न र सेवा प्रवाहको प्रकृयाका बारेमा सचेतिकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । 

वडा कार्यालयबाट राजश्व संकलन अति न्यून भएको, धेरै गुनासो आएका, सेवाग्राही समेत नगरपालिककामै धाउने गरेकाले वडा कार्यालयबाट प्रवाह हुन सेवा, स्थानीय शासन संचालन ऐनबारे जानकारी गराइएको छ ।

स्थानीय शासन, वडा कार्यालयको कार्य क्षेत्रबारे जानकारी र नगरपालिकाका नागरिकलाई कर तिर्न अभिप्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण संचालन गरिएको प्रमुख श्रेष्ठको भनाई छ । जिल्लाको एकमात्र नगरपालिकामा साबिकका ११ गाविस मिलाइएको छ र यहाँ १२ वडा रहेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया