MENU

खेल

ujyaalo forign call inside

किपरलाई रेड कार्ड, नेइमारको गोलमा पिएसजीको जित

पुस २७ – पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कप अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरे ।

एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो ।

यस्तै थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि ५३ औँ मिनेटमा पिएसजीले पेनाल्टी पायो । त्यसमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गरे । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् ।

फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो । नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ । यो खेलमा एडिसन काभानी भने मैदान बाहिर थिए । पिएसजीले अब सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया