MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

लिफ्ट सिंचाई योजनाले किसानलाई सजिलो

रसुवा, पुस २७ – रसुवाको उत्तरगया गाउँपालिकामा सञ्चालन गरिएको लिफ्ट सिंचाई योजनाले किसानलाई सजिलो भएको छ । 

हिउँद तथा बर्खाको समयमा रोपाइँ गर्नका लागि पानीको समस्या भोग्दै आएका किसानलाई योजना सञ्चालन पश्चात सजिलो भएको हो । सिंचाईको अभावले रोपाइँ गर्न समस्या हुँदै आएको अवस्थामा झण्डै ४५ लाखको लागतमा योजना निर्माण गरिएको छ ।

बेत्रावतीमा इनार खनेर त्यहाँबाट निस्केको पानी २ सय ७५ मिटर उचाइमा पर्ने बोगटीटार पु¥याइएको छ । इनारबाट निस्केको पानी अपुग भएकाले फलाखुखोलाको पानी जम्मा गरेर योजना सञ्चालन गरिएको फलाखुुखोला बोगटीटार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष उत्तमबहादुर लामिछानेले बताउनुभयो ।  

इनारबाट लगिएको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गरिएको छ । ट्याङ्कीबाट २ सय मिटर परसम्म कुलो निर्माण गरिएको छ । 

बोगटीटारसम्म पुगेको पानी जम्मा गर्नका लागि कृषि विकास कार्यालय रसुवाको सहयोगमा ७० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । ट्याङ्कीबाट ५ सय मिटर टाढा पर्ने शिवमन्दिरसम्म पाइप बिच्छाइएको छ । योजनाले हिउँदेबाली लगाउनका लागि सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । 

रोपाइँको समयमा एक घण्टा पानी तान्दा साढे दुई रोपनी जग्गामा रोपाइँ गर्न सकिने अध्यक्ष लामिछानेले बताउनुभयो । जिल्ला समन्वय समिति, उत्तरगया गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा लिफ्ट आयोजना सञ्चालनमा ल्याइएको हो । 

एक सय रोपनी जमिनमा सुविधा पुग्नेगरी आयोजना निर्माण गरिएको उहाँले बताउनुभयो । एक वर्षअघि सञ्चालनमा आएको आयोजनाले बोगटीटारका किसानलाई सजिलो भएको हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया