MENU

खेल

ujyaalo forign call inside

नेइमारको निधारमा जुत्ता

पुस २७ – कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमारले पिएसजीबाट घरेलु तथा युरोपियन प्रतियोगिताका डेब्यु खेलमा गोल गरेका छन् ।

किपरलाई रेड कार्ड, नेइमारको गोलमा पिएसजीको जित

यसअघि लिग वान, च्याम्पियन्स लिग र फ्रेन्च कपको डेब्यु खेलमा गोल गरेका ब्राजिलियन नेइमारले बुधबार राति फ्रेन्च लिग कपमा पहिलो पटक खेलेका थिए । यो खेलमा पनि नेइमारले गोल गरे । ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नेइमारले फ्रेन्च लिग कपमा गरेको पहिलो तथा पिएसजीबाट सबै प्रतियोगितामा गरेर २० औँ गोल थियो । नेइमारले बुधबार राति अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा एमिएन्स विरुद्ध गोल गरेपछि त्यसको सेलिब्रेशन फरक तरिकाले गरे ।

उनको सेलिब्रेशनले सबैको ध्यान तानेको छ, गोलले जस्तै । गोल गरेपछि नेइमारले आफ्नो जुत्ता फुकाले । त्यसलाई निधारमा राखेर अनि अड्याउन थाले । नेइमारले केही बेर जुत्तालाई निधारमै सन्तुलित गरेर राखे ।

नेइमारको यो सेलिब्रेशनको खुब चर्चा भएको छ । नेइमार तथा एड्रिएन रोबिाओट्को गोलमा एमिएन्सलाई २–० ले हराएको पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया