MENU

राजनीति

ujyaalo forign call inside

डा. गोविन्द केसीको समर्थनमा आज प्रदर्शन हुने

काठमाडौं, पुस २७ – प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा. गोविन्द केशीले गरिरहेको अनशनको समर्थनमा काठमाडौंमा बिहीबार प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने डा. केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

न्यायाधीशले न्यायको किनबेच भइरहेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीश गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डा. केसीले उठाएका मागको सुनुवाई गर्न समर्थकले प्रदर्शन गर्न लागेको उहाँले बताउनुभयो । न्यायायालयको मानहानीका मुद्दामा पक्राउ परेका डा. केसीलाई सर्वोच्चले बुधबार साधारण तारेखमा रिहा गर्न आदेश दिए लगतै उहाँले त्रिवि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिनुभएको छ ।

मेडिकल शिक्षाको गुणस्तरीयताको माग गर्दै १३ पटक अनशन बसेका डा. केसीले न्यायालयमा भ्रष्टाचार भइरहेको कुरा उठाएर चौधौँपटक अनसन सुरु गरेकै दिन सर्वोच्चको आदेशमा प्रहरीले डा. केसीलाई पक्राउ गरेको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया