MENU

राजनीति

ujyaalo forign call inside

डा. बाबुराम भट्टराईले ट्वीटरमा पृथ्वी जयन्तीको शुभकामना दिँदा प्रतिक्रिया आयो–बल्ल घैंटामा घाम लागेछ

काठमाडौं, पुस २७ – दोस्रो जनआन्दोलनको सफलतापछि पृथ्वी जयन्ती मनाउने परम्परा मात्रै तोडिएन, सडकका चोकचोकमा रहेका शालिक ढलाउने काम समेत भयो ।

शालिक ढलाउने र तोडफोड गर्ने काममा तत्कालीन माओवादीका नेता कार्यकर्ता बढि जिम्मेवार भएको आरोप पनि लाग्यो । शालिक ढलाउने काम गलत हो र पृथ्वी जयन्ती मनाउनुपर्छ भन्ने आवाज बिस्तारै उठ्न थाल्यो । सरकारी स्तरबाट नमनाएपनि वर्सेनि पुस २७ गते नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाउन थालियो ।

पृथ्वी जयन्तीको पक्षमा अहिले यतिधेरै जनमत बढ्न थाल्यो कि यसवर्ष सरकारले सार्वजनिक बिदा नै दियो । पहिले पृथ्वी जयन्तीको विपक्षमा रहेका नेता कार्यकर्ताले समेत शुभकामना दिन थाले । तत्कालीन माओवादीका नेता र अहिलेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि ट्वीटरमार्फत पृथ्वीजयन्तीको शुभकामना दिनुभएको छ ।

भट्टराईका अरु ट्वीटमा जस्तै यसमा पनि धेरैले आलोचना गरेका छन् । बल्ल घैंटोमा घाम लागेछ भनेर खुशी व्यक्त गर्नेहरु पनि छन् ।

 

 

 

डा.एलिया अर्याल @aryalaliya

हरे शिव बाउरामको नाटक स्वस्थानीमा शिवले सतिदेवीको लास बोकेर बौलाउदै हिडेको नाटक भन्दा कम रोच भएन यिनको तान्डप पहिले पृथ्वीनारायण शाहका सालिक बाचेर हिडे अाज बोकेर हिड्दै छन हुन त चरित्र सकिएकि अाइमाइ र राजनीति सकिएको पुरुषले जे पनि गर्छ बोल्छ भन्छन।

Shankar Dahal @Dahal_Shankar

तपाईंको के कुरा पत्याउने ? हिजोको भ्रम थियो भनौं ? त्यसो भए आजको स्विकारोक्तीमा सत्यता कति छ ? दोहोरो कुरा गर्ने तपाईंले दोहोरो भूमिका खेल्नु भो । तपाईंको बिद्वतामाथि सन्देह छ, कसरी कुन ज्ञान आर्जन गर्नु भयो भनेर । मैले भुल गरें भनी स्विकार गर्न सक्ने आँट हुनु पर्‍यो डाक् साप ।

Sunil Sapkota @Sunilsapkota8

मुर्ती चाइ किन फुटाउदै हिड्यानि पैला

प्रकाश घिमिरे @prakash0099870

मति फिरेकै होर ? नत्र त हजुर हरुले जात जाती भन्दा माथी कैलेइ उठेको सुन्याथेन त

Biren Arya @birenarya

नेपाल जन्मजातै नेपाल बनेको होइन! नेपाल पृथ्वीनारायण नामका एक जनाको दुर दृस्टी ले बनेको हो! नेपाल एकीकरण नगरेको भए के अहिले नेपाल देश रहन्थ्यो ?

लक्ष्मण श्रेष्ठ @laxmanshre032

बल्ल हजुरको घैटोमा घाम लाग्न लागेछ खुसि लाग्यो ।।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया