MENU

राजनीति

नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा सुरु हुँदै

काठमाडौं, पुस २७ – नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

सन् १९५० को सन्धिलगायत नेपाल र भारतबिच भएका अरु सन्धि, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित हुन थालेको छ । आउने असार महिनामा प्रवुद्ध समूहको दुई वर्षे कार्यकाल सकिँदैछ । आजको बैठकपछि दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।

यसअघि काठमाडौंमा भएको बैठकमा नेपाल पक्षले नेपाल भारतबिच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए । त्यसबेला भारतीय पक्षले नेपालको कुरा सुनेको मात्र थियो जसका कारण बिहीबारदेखि बस्ने छैठौं बैठकलाई महत्वपूर्ण मानिएको छ । समूहमा नेपाल र भारतका तर्फबात चार चार जना सदस्य रहेका छन् । भारत प्रस्थान गर्नुअघि प्रबुद्ध समूहका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया