MENU

राजनीति

१० वर्षपछि सरकारले पृथ्वीनारायण शाहलाई सम्झ्यो, राष्ट्रपति र प्रधानमन्त्री पनि उपस्थित


काठमाडौं, पुस २७ – सरकारले १० वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । पृथ्वीनारायण शाहको २ सय ९६ आंै जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणलगायत कार्यक्रम आयोजना गरेको हो ।

सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ । २०६२/०६३ सालको आन्दोलनपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम पनि गर्न छाडेको थियो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नायकका रुपमा नेपालीले सम्मान गर्ने गर्छन । उहाँले त्यसबेला बाइसे, चौबिसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया