MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

पुतलीको अस्तित्व २० करोड वर्षअघिदेखि

पुस २७ –विभिन्न किसिमका पुतलीहरू झण्डै २० करोड वर्षभन्दा अघिदेखि अस्तित्वमा रहेको एक अध्ययनले  देखाएको छ । जर्मनीको चट्टानमा वैज्ञानिकले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको बीबीसीले जनाएको छ । 

पछिल्लो अध्ययनबाट पुतलीको उत्पत्ति भएको भनिएको समय पर धकेलिएको वैज्ञानिकले बताएका छन् । पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूको संरक्षणबारे थप ज्ञान हासिल हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । ‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित लेखले पुतलीहरू कसरी अन्टार्टिका महादेश बाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे जानकारी समेटेको छ ।

वैज्ञानिकहरुको पछिल्लो खोजले पुतलीहरू डाइनोसरसँगै पृथ्वीमा रहेका र पछि डाइनोसर लोप हुँदासमेत उनीहरू बाँच्न सफल भएको पुष्टि गरेको उल्लेख गरेका छन् । यो अध्ययनले पुतलीले जलवायु परिवर्तन, वासस्थान लोप जस्ता आधुनिक चुनौतीको कसरी सामना गर्न सक्छ भन्नेबारे थप अध्ययन गर्न मद्दत पुर्याउने वैज्ञानिकको विश्वास छ । पुतलीलाई एकदमै कमजोर प्रकृतिको जीव मानिन्छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया